केन्द्रीय अनुगमन समितिको निर्देशन - भन्सार सुरक्षा गस्ती बढाउ

मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा १३ मंसिरमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले मालवस्तुको चोरी पैठारी नियन्त्रणमा खटिएका निकायलाई सुरक्षा गस्ती बढाउन निर्देशन दिएको हो । यस्तो निर्देशन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको छ ।

समितिले केही मालवस्तुको औपचारिक आयातको विवरण र बजारमा उपलब्ध सामानको उपलब्धताका बीच तालमेल नभएको भन्दै आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागलाई बजार अनुगमन बढाउन समेत निर्देशन दिएको छ ।